Friday, February 10, 2012

आसु दिने निष्ठुरीलाई

आसु दिने निष्ठुरीलाई के थाहा, बिछोडको बियोगमा कस्तो हुन्छ
व्यथा, कसम खादा जुनीजुनी संगै ज्युछु भन्थी,
साथ तिम्रो नपाएमा बिष पिउछु भन्दै रुन्थी,
खुसी पार्छु भन्थी सधै तिम्रो दिलमा फुली,
झुटो रैछ उसको माया ,आज मलाई भुली ,
बैगुनीको माया कस्तो मुटु भित्र गढ्यो ,
बिर्सु भन्दा सम्झनाको भेल झनै उर्लिरह्यो ,
मुटु जोड्दा रैछन झुटा कसम खानेहरु ,
सपना देखाउदा रैछन छोडी जानेहरु...........

प्रेम

एउटा केटो एउटी केटीको प्यारमा फँसेछ, एक दिन केटीले आफ्नो प्रेमीलाई आफ्नै आमाको मुटु उपहार ल्याइदिन आग्रह गरिछ । प्रेममा पागल प्रेमीले पनि प्रेमिकाको आग्रहलाई नकार्न सकेनछ र उपहार ल्याइदिन बाचा गरेछ । ऊ सरासर उपहारका लागि आफ्नो घर गएछ उसैका लागि खाना बनाउदै गरेकी आमालाई काटकुट पारेर मुट झिकेर पे्रमिकालाई उपहार दिन आएछ । बाटोमा आउँदै गर्दा ऊ ठेस लागेर लडेछ । आफ्नै खल्तीमा बोकिराखेको आमाको मुटु पर पुग्ने गरी उछिटिएछ । त्यस उछिटिएको मुटुले पनि भनिरहेको थियो रे ! बाबु तिमीलाई चोट त लागेन ?’ वास्तवमा प्रेम कति महान र कति स्वार्थी हुन्छ भन्ने कुरा कथाको एक अंशले नै पुष्टि गरेको छ ।
यो त कथाको एउटा अनुच्छेद मात्र हो र आमाको प्रेमको महिमाको कथा हो । यस्तै कथाहरु अनगिन्ती छन् –एउटा निदर्यी प्रेमीले आफ्नी प्रेमिकालाई शंकाको दृष्टिले हेर्न थाल्यो र एकदिन प्रेमिकाको घाँटी अँठ्यायो । प्रेमिकाले अलिकति पनि प्रतिरोध गरिनन् । प्राणै जान लाग्दा प्रमिकाले सकिनसकि पे्रमिको हात समातेर आफ्नो औंलाको औंठी फुकालेर प्रेमीको हातमा लगाइ दिइछन् । आक्रोशले पागल भएको प्रेमीले आफ्नी पे्रमिकाको मृत्यु र आफ्नो औंलामा औंठी एकसाथ देख्यो । कस्तो समर्पण हुन्छ प्रेममा । धर्मशास्त्रमा उल्लेख गरिएको छ–भगवान शिवको प्यारमा समर्पित भएकी सतिदेवी आफ्नो पे्रमी नपाएको अवस्थामा दनदनी बलेको आगोमा आत्मा दहन गर्न पुग्छिन् ।
यो कुरा शिवलाई थाहा हुन्छ । आफ्नी प्रिय प्रेमिकाको त्यस्तो हालत देखेर आपूmलाई सम्हाल्न सक्दैनन् र सतिदेवीको नश्वर शरीर बोकेर हिमाल पहाड जताततै भौतिरिन्छन् । उनी प्रेममा यति समम अचेत हुन्छन् सतिदेवीको नश्वर शरीरका सम्पूर्ण अंगहरु जताततै खसिसक्छन् उनको हातमा एउटा अस्तु मात्र बााकी रहन्छन । कस्तो पागल बनाउछ प्रेमले । उता भगवान कृष्णकी भक्तिनी मिरा कृष्णप्रतिको भक्ति प्रेममा भुतुक्क हुन्छिन् । हरेक समय उनी कृष्णलाई नै सम्झन्छिन् । मिराको कृष्णप्रतिको भक्तिबाट छुटाउन उनका परिवारले बारम्बार अवरोध सृजना गर्छन् तर केही लाग्दैन अन्ततः मिरालाई विष मिलाएर मार्ने निर्णयमा पुग्छ उनको परिवार र एकदिन मिरालाई विष खुवाइन्छ । मिरा हाँसिहाँसि विष पिइदिन्छन् र प्रेमको अघि विषले कुनै कामै गर्दैन विष हार्छ प्रेमले जित्छ । कस्तो छ प्रेममा शक्ति र बलिदान ।
एक दिन विश्व विजयी नेपोलियन बोनापार्ट बन्दीगृहको निरीक्षणमा गएछन् । उनका सामु एक बन्दीलाई पेस गरियो र भनियो–यो बेलायती सैनिक भाग्न लाग्दा समातेका हौं । यसलाई मारी दिऊँ ? नेपोलियनले सोधे–यहाँबाट भाग्न असम्भव छ र पक्राउ पर्दा मारिन सक्छु भन्ने जान्दा जान्दै किन भाग्न खोज्छौ ? बेलायती सैनीकले भनेछ–पछिल्लो पटक बन्दी बनेर आएका मेरा सहकर्मीले मेरी आमा अन्तिम अवस्थामा हुनुभएको र मलाई हेरेर मात्र मर्छु भनिरहेको खबर ल्यायो । त्यही भएर आमाको अन्तिम इच्छा पूरा गर्न सक्छु की भनेर भाग्न खोजेको हुँ । यो सुनिसकेर नेपोलियनले आदेश दिए– आमाको मायाका अगाडि यसलाई एउटा त के हजारवटा नेपोलियनले पनि रोक्न सक्दैन त्यसैले यसलाई रिहा गर । मातृप्रेमको शक्तिलाई युद्धउन्मादीमा डुबेका हजार नेपोलियनले पनि जित्न सक्दैन ।
भयानक अपराध र घृणाभित्रपनि प्रेम उम्रेरै छाड्छ । त्यसैले प्रेमले हाम्रो ध्यान हत्यारा छोरातिर खिच्दैन प्रेमिकाको समर्पणतिर खिच्छ । दिवंगत आमाको मुटु, बलिदानी प्रमिकाको आत्मदेह, सतिदेवीको आत्मादहन, मिराको समर्पण र आमाको बात्सल्य प्रेमले हामीलाई स्तब्ध बनाउछ । प्रेममा असिम शक्ति हुन्छ प्रेमको अगाडि जस्तै शक्तिको पनि हार हुन्छ । त्यसैले पनि प्रेम महान हुन्छ । प्रेमको परिभाषा व्यापक र विशाल अनि अनन्त छ । कसैले प्रमेको परिभाषा एउटी मस्त युवतीलाई मस्त युवकले गुलाफको पूmल दिएर बदलामा केटीका पोटिला गालामा चित्त बुझ्दो चुम्मा गरेको भित्र मात्र खोज्छ भने त्यो परिभाषा सधैं अधुरो र अपुरो हुन्छ ।
आइरहेको छ प्रणय दिवस । संसारमा सर्वाधिक गुलाफको पूmल बिक्री हुने दिन र बदलामा लाखौका गाला चुसिने दिन । इतिहासका पात्र भ्यालेण्टाइन बेकसुर कैदी बन्दै प्रेम गरेरकै अभियोगमा शाषकका हातबाट जीवन उत्सर्ग गरेको दिन थियो त्यो । अनि उनका हजारौं समर्थकहरुले उनीप्रति दर्शाएको माया, प्रेम, स्नेह र श्रद्धाको प्रतिकको दिन । कालान्तरमा गएर यो दिन उनेका सम्झनामा प्रचलनमा आयो । त्यसको निरन्तरता हरेक फेब्रुअरी १४ का दिन आजका दिनसम्म निर्वाध मनाउदै आएको छ विश्वले । दिवसको इतिहास जति रोचक र भावुक छ त्यक्ति नै आलोचित बन्दै गएको छ यसको वर्तमान विकासक्रम । इतिहास महान हुँदाहुँदै पनि वर्तमान आधुनिकताको नाममा छाडापन संस्कृतिको पछि लागेको छ ।
पे्रम र प्रेममा त्यागका कयौं उदाहरणहरु हाम्रा सामू छन् । रोमियो जुलियटको प्रेम, ममताज र शाहाजनको प्रेम, लैला मजनुको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको आदर्श प्रेम । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्दै आयो । अरुप्रति गरिएको प्रेमको चर्चा हुँदै भएन भन्दा हुन्छ अथवा ओझेलमा नै राखियो । मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो त्यति नै त्याग थियो भोटेको प्रेममा । तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो यात प्रेम सम्झ्यो । भोटेको मदनप्रतिको प्रेमलाई महत्व दिएन । तर प्रेम व्यापक छ । आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतिबीचको प्रेम, साथी साथीबीचको प्रेमी र पे्रमिकाबीचको प्रेम । जहाँ आत्मियता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ ।
प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ । प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको पूmल आदानप्रदानको संकोचित मान्यता मात्र राख्दैन । भ्रम यसमा छ–भ्यालेण्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्चय पाउदैन । मानिस सामाजिक प्राणी हो । उसले समाजलाई स्विकारेको हुन्छ । समाजलाई स्विकारेर समाजमा बस्दै आएको मान्छे आफ्नो समाजका सदस्यप्रति प्रेम स्नेह श्रद्धा र माया दर्शाउछ । यो समाजिक नियम कै एउटा पक्ष हो । यस अर्थमा उसले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्राउछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव नै हो । प्रेमले श्रद्धा जगाउछ र विश्वासको वातावरण बनाउछ । त्यसैले संसारको सर्वोत्म बस्तु नै प्रेम हो ।
तर यति हुँदा हुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेको छ । समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । यसै दिनलाई वंैशले उन्मत्त भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् । कसैले ५० रुपैयाँको गुलाफको पूmलको बदला अनुहार भिज्ने गरी गाला चाट्ने अभिष्ट कामना बोक्छ त्यहाँ प्रेमको लेस गन्ध पनि हुँदैन अनि यही दिवसलाई माध्यम बनाएर कसैले पूmल पाएको बदलामा वंैश सुम्पन्छे भने त्यहाँ पनि प्रेमको अस्तित्व रहन्न । त्यहाँ त प्रेमले बासनाको रुप धारण गरिसकेको हुन्छ । जब प्रेमको ठाउँमा बासनाले स्थान लिन्छ तब यस दिवस इतिहास भत्किएर छाडा संस्कृतिमा परिवर्तन हुन्छ । तर पनि भ्यालेयटाइन डेको इतिहास महान छ ।, इतिहासलाई साक्षी राखेर यस दिवसलाई कसैले मनाउछ भने त्यो सर्वत्र महान कहलिन्छ । त्यसैले होला प्रेमकै आदर्श पछ्याएका थिए भगवान बुद्धले । यस मा तपाई हरु को के प्रतिक्रिया छ ?

Sunday, January 8, 2012

संसारलाई

नछोइ दिनु अर्काको बाटोलाई,नचलाई दिनु कसैको नासोलाई
छामेर हेरनु आफ्नै त्यो मुटुलाई,नदिनु पीडा उस्तै हो सबैलाई
नटिपी दिनु कसैको मायालाई,उस्तै हो मुटु दुख्ने त्यो सबैलाई
नकिन्नु माया दिएर पैसालाई,रम्दैन मन खोसेर खुसिलाई
दुखेर हेर आफ्नै त्यो मुटुलाई,नहिडी दिनु अर्काको बाटोलाई
सम्हाली लानु आफ्नै त्यो मुटुलाई,नभत्काइ दिनु अर्काको संसारलाई

धोकेबाजीको नियतीलाइ।

भरपर्दो कसरी ठानु म, पिपल पाते चरित्रलाइ।
कसरी स्वीकारुँ आत्माले, धोकेबाजीको नियतीलाइ।
आपसी हितलाइ छोडी, अनगिन्ती इक्षा मारी दियौ।
निहित स्वार्थ पुरा गर्न, ओझेल भित्र पो पारी दियौ।
बाँदरको चाल देखाइ, नैतिकता माथी नै हाक दियौ।
खोक्रो पारी अस्तित्वलाइ, अन्तमा आइ फयाँक दियौ।

मलाई हराउनुमा कसैको हात हुनुपर्छ

मलाई हराउनुमा कसैको हात हुनुपर्छ
या त तिम्रो जबानीको मात हुनुपर्छ

त्यत्तीकै त तिमी यति उचालीएकी छैनौ हौली
केही न केही त यसमा खास वात हुनुपर्छ
अप्ठयारो साथ माग्यौ सजिलोमा छोडनु रैछ
कसैको त तिम्लाई पक्का साथ हुनुपर्छ
अरुले झै तिम्ले पनि धोकेबाजको संज्ञा पायौ
तिमी पनि निष्ठुरीको जात हुनुपर्छ
बिछोडको पिडा के हो कस्तो हुन्छ तडप जान्न
मलाई जस्तै तिम्लाई पनि घात हुनुपर्छ ॥




http://www.youtube.com/movie?v=DTbgpJAggg0&feature=mv_sr