Saturday, January 9, 2010

मेरो पहिलो प्रेम पत्र

प्रिय ,
सर्वप्रथम अधुरो जीवनको लामो सम्झना। मेरो मुटुको रगतले सही छाप गरी पठाएको यो पत्र तिम्रो नाममा पर्नेछ कथित प्रेमको झोली झुन्डाएर कोही प्रेममा खिचलो गर्न आएको छ भने तिमी पहिले नै भनिदेउ ए क्रिश तिम्रो यसमा कुनै हक छैन। जुन दिन देखी तिम्रो नयन मेरो नयनमा दृष्‍टिपात भयो तो दिन देखी म आँफैले आँफैलाई समालन सकेको छैन कयौ रात तेतिकै बिते म आँफैले लाई कती पटक प्रश्न गरे तर उत्तर पाउन सकिन । उत्तरको खोजमा मैले मेरो प्रशन मेरो मुटुको अगाडि राखिदिए कयौ दिनको प्रतिक्षा पछी मेरो मुटुले यसको उत्तर केवल दुई अक्षरको शब्दमा दियो "प्रेम" मात्र "प्रेम" .................
आतित अर्धरात्री सपना हो बर्तमानमा रहेर वास्तबिक जीवन बिताउन सिक्नुपर्छ। हुनत म कुनै राम भक्त हनुमान होइन छाती चिरी तिम्रो तस्बिर देखाउने म त एक मानब हुँ कसरी देखाउ। मलाई यति मात्र थाहा छ म तिमीलाई हिर्दय देखी मन परौछु र मेरो मुटुको सिहसन म राखन चाहन्छु। अन्तमा मेरो यो पत्र पढेर रिस उठेमा अनय्था बडी नसम्झी मेरो एक पागल प्रेमीले आफ्नो बिहोसीपनमा कोरेका मुटुका बेयाथा सम्झी दिए पुग्छ।
बस तिम्रो
एक पागल प्रेमी
क्रिश

No comments:

Post a Comment