Sunday, January 17, 2010

तिम्रो माया

तिम्रो यादमा रुमल्लिँदा संसार पूरै भुल्न गएँ
बगैँचा त देख्नै पाईन अनकन्टारमा फुल्न गएँ।

एकै नजर के हेरिथ्यौ नशालु त्यो नजरले
रहर मनको सकिन छेक्न पुस्तक बनी खुल्न गएँ।

जुनी जुनी तिम्रो साथमा जीवन जिउँने आशमा
अमृत सम्झी मुटु साट्दा जहरमा घुल्न गए।

मीठो बोलि बचन सुन्दा नशालु ती ओठबाट
पागल बनी पिरतीको नशा भित्रै झुल्न गएँ।

वियोगान्त वन्नु रैछ पिरतीको कथा हाम्रो
जबरजस्ती तिम्रो माया नशा नशा हुल्न गए।

No comments:

Post a Comment