Tuesday, January 12, 2010

जिन्दगीको परिभाषा

जिन्दगीको परिभाषा खोज्दै जादा
त्यहा पाए मात्र पिडाको आभाष.
पाइला पाइलामा संघर्ष गर्दै जादा
त्यहा असफल्ताको साथ पाए.

मनमा कति पिडाले बास बसेको छ,
कति घाउहरु लागेको छ त्यो त
मात्र आफैमा सिमित राखेकि छु
अब त एकान्तमा एक्लै बस्न पनि डर लाग्न थालिसक्यो,

कतै पिडाले बनाएको घाउ झन
बल्झिने पो हो कि र ए उटा भयानक
रुप लिएर झन् पिडा थप्ने पो हो कि
बास्तबमा सबै सामु बाड्न सकिने बहिरि पिडा,

मनमा अझ गहिरो चोट मात्र दिने भित्रि पिडा भन्दा,
अलक छ यो त भोग्नेलाइ मात्र थाहा हुन्छ,
............. मात्र भोग्नेलाइ
सिरिफ भोग्नेलाइ ............!!

No comments:

Post a Comment