Friday, September 23, 2011


जसलाई म भुल्न खोज्छु , यो मनले याद गर्दैछ
उसैको नाम लिन्छ मन , त्यही दिन रात गर्दैछ

अचम्मको कुरा हुन्छ मेरो सामु आजभोलि
एकान्तमा उसै संग यो मनले बात गर्दैछ

गर्जिन्छ यो बादल नि आगमनमा उसको
यी आँखामा साउन छ किन यस्ले बर्सात गर्दैछ

परेलि म झुकाउँछु कतै भेट्ने डर लाग्छ
आँचल म बचाँउछु यो मनले साथ गर्दैछ

No comments:

Post a Comment