Saturday, September 24, 2011

त्याग बिना सब बेकार, भन्छु म सब बेइमान

भन्नु कति सजिलो यहाँ, मेरो देश महान !!
मुखमा रामराम,काम खुट्टा ताना-तान!!
बुद्ध जन्मेको पबित्र भुमि मेरो देश महान!!
धोतीको मैला ले भयो लुम्बिनी बदनाम!!
राजा जनक सीता मैया ,मेरो देश महान!!
दुष्ट कालोबजारीले छोडेन जनताको प्राण!!
७वौ आश्चर्य सगरमाथा मेरो देश महान !!
टुरिस्ट भितराए,$ कुम्लाए,रातारात धनवान!!
जलस्रोतको दोस्रो धनीमणि मेरो देश महान !!
कालो औशिको रात सधै आएन कुनै बिहान !!
सोयाम्भु,पशुपति नाथ नम;मेरो देश महान !!
फोहरको डाँगगुर ले ,भयो बागमती चिहान !!
भिन्नतामा एकताको सुगन्ध, मेरो देश महान!!
मेरो धर्म मेरो भाषा लड्ने कस्तो हरे जवान !!
पौरख मेरो पुर्खाको गाथा,मेरो देश महान!!
कपुत सन्तानले भिजायो नेपाल आमाको नयन!!
हिमाल-तराई मेचीकाली मेरो देश महान!!
स्वाभिमान हराए,बेची खाए आत्मसम्मान!!
गौरब गर्छौ सन्तान सपुत,भना मेरो देश महान!!
त्याग बिना सब बेकार, भन्छु म सब बेइमान !!

No comments:

Post a Comment