Tuesday, December 6, 2011

** " छोडी जाने निस्ठुरिलाई एउटा अन्तिम प्रेमपत्र " **

** " छोडी जाने निस्ठुरिलाई एउटा अन्तिम प्रेमपत्र " **

" हाई डियर् .......

यो क्षितिज पारिको अद्रीश्य स्थानबाटै भए पनि बिहानिको सुनौलो किरन झै आपार मायाको सौगातको साथै पल-पलको अबिरल सम्झना अनि हजुरको सोर्णिम प्रगतिको बाटोहरुमा पस्कदैछु यि मेरा बियोगी मन भरिका पिडा अनि ब्यथा..............!

यो पत्र लेख्ने दिन सम्म मुटु भरी चोटै चोट भएर पनि बाध्य भएर बाच्न बिवस छु र हजुरलाई पनि भागबानले सधै खुशी र सुखिका साथ साथै श्वास्थ अनि सकुशल राखुन भनि सधै कामना गर्दछु...........!

खै ....कुन शब्दले आज सम्बोधन गरु हजुरलाई ? मैले आज तेस्तो कुनै शब्दहरु भेटिरहन सकिरहेको छैन हजुरलाई सम्बोधन गर्ने अनि हजुरको नाममा यसरी मलाई पत्र कोर्ने आधिकार पनि छैन म सँग किनकी ? आज म हजुरको मन ,मतिस्क अनि नजर बाटै धेरै टाढा भैसकेकिछु तेही पनि हजुरले यो सन्सारमा उपहारको रुपमा दिएको स्वार्थी मायालाई सम्झेर फुटेको सिशा झै कहिल्यै नजोडिने गरी टुक्रीयको मुटुलाई लिएर एस धर्तिमा जिउदो लाश भै बाचिरहेकोछु !

डियर् आज पनि म ति अतितका घटनाहरुलाई कोट्याउन चाहने थिइन तर पनि हजुरले दियको बिछोडको पिडालाई सहन नसकी जिन्दगीमा हजुरलाई अन्तिम पटक पत्र कोर्ने हिम्मत गर्दैछु ! यस्को लागी म हजुर प्रती क्षेमाप्राथीछु ! आज म आरामछु भन्दा पनि कसरी भनौ हजुरको बियोगमा ति अतित बल्झिएर पानी बिनाको तातो बलुवामा छटपटिएको माछा झै जिबन जिउनु परेकोछ, हुनत कसै प्रतिको आस्था टुटेपछी, बिस्वासका प्रखाल भाचिए पछी, भरोसाका रेखाहरु मेटिए पछी खै के पो नै गर्न सकिदो रहेछ र ?

अचम्म लाग्छ आज मलाई म कस्तो अन्धो रहेछु बिकल्प नहुँदा नहुँदै पनि सन्सार हेर्न खोज्ने ? गोडा नै नहुँदा नहुँदै नाच्न खोज्ने ? खै... हजुरसित अतित बाड्न नसके पनि भबिस्य सोच्न नसके पनि यो मेरो चोखो बिस्वासले हजुरलाई सदैब चोखो नै ठानी रह्यो तेसैले त होला हिजो प्रेमको छालामा हामफाल्न कती सहज थियो आज तेही छालबाट बाहिर निस्कन कस्तो कठिनाइ भैरहेकोछ मलाई ! सायद यस्को महशुस त हजुरलाई पक्कै भएन होला ? हजुरले त मलाई सहजै बिर्सी दिनु धोका दिनु भयो भने अब पनि मैले हजुरलाई एकोहोरो माया गर्नु को के नै अर्थ रह्यो र ? तेसैले मैले पनि हजुरलाई बिर्सन अनेकौ कोसिसहरु गरे तर पनि मैले हजुरलाई हजुरले जसरि सहजै बिर्सन सकिन अब त बिर्सिन्छु भन्छु झन,झन याद आई पल्-पल सताई रहन्छ ! आज मलाई हजुरको सहयोग चाहिएकोछ हजुरले नै भनि दिनु न हजुरले जस्तै सहजै कसरी भुली दिउ ?

जिन्दगीमा यस्तो पनि घाटना हुने रहेछ तेसलाई भुलीदिउ भन्दा झन बल्झिएर जिन्दगीको बिर्सन नसक्ने क्षण बन्दोरहेछ ! मैले त मेरो सारा जिन्दगी सारा भबिस्य हजुरलाई नै सम्झेको थिए ! जिन्दगीको हरेक सपना हरु केबल हजुरको लागि नै साचेको थिए ! हजुर सित नै हातेमालो गरेर जिबन जिउने अभिलाश बोकेको थिए ! हजुरको हरेक खुशीमा म रमाउथे !हजुरलाई दुख पर्दा म पनि दुखित हुन्थिए हैन त ? तर आज मेरा सारा आशा भरोसा र बिस्वासलाई चकनाचुर पारी मेरो कल्पनाको झुपडिमा आगो लगाइ मेरो सारा इक्षा चाहनाहरुलाई नै धोस्त पारी दिनु भयो ! यस्को लागी हजुरलाई साधुबाद छ !

मैले त हजुरलाई एउटा आत्मिय मित्र सम्झेको थिए ! मेरो मुटुको केन्द्रबिन्दुमा सजाएको थिए ! हरेक खुशी चाहनामा समेटेको थिए तर आज तेही मुटुलाई निर्मम तरिकाले धारिलो हतियार प्रयोग गरी यो मेरो मुटुलाई नै टुक्रा टुक्रा पारी मलाई आज एउटा उदेस्यहिन गतिहिन बनाइदिनु भयो ! हजुरलाई मैले चिन्न नसक्नु हजुरको स्वर्थी मायालाई बिस्वास गर्नु नै मेरो लागी आज ठुलो आभिषाप बन्यो ! हजुरलाई त मैले सच्चा अनि निस्वार्थ माया त गरिरहेकै थिए !आज सम्म हजुरको नै बिस्वासमा बसी रहेको थिए ! तर हजुरा त प्रेमको नाटक गर्ने सकृय कलाकार हुनुहुदोरहेछ ! त्यो नiटकको कलाकारीतामा म पनि परेछु ! त्यो नटकिय परिबेशको मलाई पतै भएन ! आखिर मेरो पबित्र माया लाई लत्याएर म देखी अनायासै टाढा हुनु भयो ! तेसैले त मलाई आज दोबाटोमा पुर्याइ अलपत्र पार्नु भयो !

आज म हजुर सित एउटा प्रश्न सोध्न चाहन्छु ? किन म सित दुईदिनको मायाको नाटक देखाई टाढा हुनु भयो ? आखिर मेरो तेस्तो के खोट थियो ? कुनै खोट थियो भने किन म सित पहिले नै भन्न सक्नु भएन ? भन त हजुरले मलाई जिन्दगी को जुन सुकै मोडमा जस्तै परिस्थिती मा पनि दुखमा होस या सुख मा सधै साथ दिने बाचा गर्नु भएको थियो ! यहाँ सम्म कि मेरो सारीरमा रगत रहुन्जेल सम्म म तिमीलाई माया गरिरहन्छु भन्ने आश्वसन दिने गर्नु हुन्थियो ! खै हजुरको ति बाचा बन्धन कता गयो ? मन्दिर मा जादा पनि हाम्रो साथ नछुटोस भनि मागे भन्नु हुन्थियो तर आज यो सब सम्झिदा पनि अचम्म र बकवास लाग्छ ! हजुरले हिजो सम्म पनि बिभिन्न बाचा कसम दिइ बिस्वास दिलाउनु हुन्थियो खै त आज हजुरको ति बाचा बन्धन कहाँ गए ? हजुरको ति बाचा बन्धन बिस्वास हरु हावाले उडायो हैन त ?

हुन त गल्ती मेरो नै हो एउटा गरीबको छोरी भयर हजुर जस्तो सम्पन्न परिवारको छोरा सित मायाको नाता आगडी बढाउनु , हजुरको बिस्वास लाई नै सिरोपरी राखेर आफनो सर्बस्व गुमाउनु,तेसैले होला आज म पश्याताप जलिरहेकी छु ! तेही पश्तापले छोटो मिलनको गहिरो बिछोडमा तड्पी तड्पी हजुरको ब्यबहार अनि मुहारलाई हरेक द्र्स्यमा सजाई अतित लाई सम्झि बिबसताको नुनिलो आशुले आफ्नो प्यास मेटाइ रहेकोछु ! यो दुनियामा बाच्नु पनि आज मेरो बिबसता भएकोछ आज पनि हजुरको याद्ले हरेकपल सताई रहन्छ , मन भतभति पोल्छ अनायसै पिडा दिन्छ अनी तडपिन्छु अनि तेही पिडा र यादलाई समाल्न नसकी हजुरले पठायको हरेक पत्र हेरी यो जलेको आत्मालाई सन्तोना दिने प्रयास गर्छु ! कहिले त यस्तो लाग्छ ..मानौ हजुरले दिएको चोट्लाई खपी कती दिन बाच्न सकुला र ? आज मैले हजुरलाई माया गरेर ठुलो भुल गरेछु तेही भुलको कारण आज मलाई जुनि भरी चाहर्याई रहने गरी यती ठुलो सजाय दिनु भयो !

जिन्दगी एउटा खेलौना हैन बुज्ने कोसिस गर्नु जिन्दगी न त बिग्रेको खन्डमा बनाउन सकिन्छ न त खेलौना जसरि पसल मा किन्न नै पाइन्छ ! जिन्दगी एउटा गुलाबको फुल हो जुन काडै काडाको बिचमा फुल्छ कोपिलामै होस या फुलिसकेको फुल ओइलिएर झरेपछी पुन्: बास्ना दिन सक्दैन ताकी माटोमा नस्ट भएर मिल्छ मैले त हाम्रो मायालाई हाम्रो अजमबरि फुल सम्झेको थिए तर तेही बiस्नात्मक फुल पनि बिसालु काडा बन्दो रहेछ तेही काडा नै म हिडने कदम कदममा भेटिन्छन अनि झस्किएर सम्झिन्छु के मेरो मायाले दिएको उपहार यही हो ? हिजो सम्म हजुरले मलाई जती माया देखाय पनि आज हाम्रो अजमबरि मायाको चिनो के नै रह्यो र ?

डियर हजुरको यो माया को नाटकिय जालामा फसी अर्थहिन भयको आफनै जिबन देखी म आज वाक्क् दिक्क भएकिछु अब म भुलेर पनि हजुर जस्तो कसैको मित्र बन्न चाहन्न अब मलाई एकान्त नै भए पुग्छ अब म अन्धकार मा नै रमाउनेछु अब मलाई कसैको देखाबटी माया चाहिदैन एक्लाई बाच्ने कोसिस गर्छु बस यक्लई तर पनि मेरो घाइते मुटु सँगइ गरियका पिर्, बियोग,बेदना अनि आशुका सागरमा डुबी छटपटाइ रहेका आत्मा कथा ब्यथा हरुले हजुरको मनमा कतै ठेश नलागोस भन्ने कामना गर्छु !

आज तेस्तो कुनै माध्यम नै छैन, कुनै तेस्तो साधन नै छैन ,कुनै तेस्तो इन्टरनेट नै छैन, यो सन्सारमा मेरो पिडा हजुरको मन सम्मा पुर्‍याउने ! तेसैले त बिवसताको बिसाल भारी बोकी दोबाटोबाट बिछोडिएका भावनाहरुलाई सम्हाल्दै जिबनका उकाली ओरालिहरुमा अनगिन्ती सङ्हर्षका सिडिहरु पार गर्दै उहि बिगतका ति रमणिय पलहरुलाई मनमा बारमबार कल्पिदै यो आभागी जिबन ब्यतित गर्दैछु ! के गर्नु दुख पर्दा दैब पनि टाढा हुँदा रहेछन ! पराइ हुँदा रहेछन तेसैले त होला म जस्तो गरीबको जिन्दगीमा खुशी र हर्ष भनेको पिडा नै रहेछ तेसैले म चाहन्छु ,मैले गरेको जस्तो अनुभब हजुरको जिन्दगीले कहिल्यै गर्नु नपरोस !

डियर म त एउटा प्रेम रोगी हु कही कुनै दिन यही रोगको कारणले मरिहाले भने पनि मेरा सारा आफन्तले त आशु झार्लान र पुस्पान्जली दिई मेरो लासलाई पुस्प र अबिरले रङ्याई बिदाईका हातहरु हल्लाउलान मेरो यस्तो अवस्था कही कतै हजुरको नजरमा पर्‍यो भने यस दुनियाको एउटा पापिनी मरिछे भनेर मेरो लासलाई हजुरले थुकको छिटाले बिदाई गर्नु किनकी म त हजुरको एउटा तिरस्कारको पात्र हु तर भागवानको किर्पाले सकुसल रहे भने कुनै दिन हजुर सित भेट होला यसरी भेट भयो भने बोल्न मन लागेमा एउटा मनबियताको नाताले सम्बोधन गर्नु यदी बोल्न मन नलागेमा सरासर आफनो गन्तब्य तर्फ लाग्नु यो हजुरको अधिकारको कुरा हो तेसैले यो बिदनालाई जती पोखे पनि सकिदैन जती पोख्यो रितिएला भन्दा झन झन भरियर आउछ यो आत्मामा भएका सबै कुरा लेख्ने हो भने लक्ष्मी प्रसाद देबकोटाको माहकाब्य भन्दा ठुलो महाकब्य नै बन्छ होला तेसैले हजुरको यो मुल्य समयलाई खेर जान दिन चाहन्न

डियर धोका पनि मैले नै खाए तड्पिनु पनि मै नै तडपिए जिन्दगी पनि मैले नै बिगारे पागल पनि मैनै बने चोखो माया दिदा आफनो सारा खुशी मैले नै गुमाय तर पनि हजुर प्रती कुनै गुनासो छैन गनासो छ त आफनो किस्मत सँग समयले आज मलाई काहा बाट काहा पुर्‍याई दिएकोछ अब मेरो हजुरलाई यती मात्र बिन्ती छ कि अब कसै सित पनि प्रेमको नाटक गरी त्यो निर्दोसी आम्माहरुलाई घायल नबनाइ दिनु किन कि मेरो आत्माले त हजुरलाई माफ गर्ला तर म जस्तो अरु सोझोको आत्माले हजुरलाई कहिल्यै माफ गर्न सक्दैन

अन्त्यमा सदा हजुरको जिन्दगीले सफलता नै सफलता पाओस.. सदा हजुरको जिबनमा बसन्तबाहार छाओस..मेले जस्तो तडपियर बाच्नु नपरोस.. आज हजुरको खुशीमा नै मेरो खुशी हो भन्दै यो जुनिमा हजुरको हुन नसके पनि अर्को जुनिमा हजुरको हुने आशा सहित हजुरको त्यो अमुल्य जिन्दगी बाट ओझेल पर्न चाहन्छु !!

* पाउन सकिन मायाको मुल्य ! कर्म मै सायद यस्तै थियो कि ?

* जितेको बाजी पनि हारे सबै मैले ! भागयको सायद कुनै दोष थियो कि ?

* न बुज्न नै सक्यौ न चिन्न नै सक्यौ ! सायद तिम्रो कुनै मजबुरी थियो कि ?

* नजिक थियौ हामी एक आपसमा कती ! समयले बनाएको त्यो दुरी थियो कि ?

* आखामा आशुछ ओठ चुपचाप छ आज ! तिमीलाई माया गर्नु कुनै भुल थियो कि ?

* न हास्न नै सके न भुल्न नै सके तिमीलाई ! सायद चाहना मै मेरो कुनै खोट थियो कि ?

* समयले कस्तो मोडमा पुर्यायो हामिलाई ! सायद भाविले लेखेको कुनै सन्योग थियो कि ?

उही हजुरको तिरस्कृत...............

No comments:

Post a Comment