Saturday, September 24, 2011

मेरो जीबन

मेरो जीबन, तिमीलाई दुई दिनको खेल भयो
चोखो माया, तिमीलाई बर्षातको भेल भयो !
आयौं तिमी, मेरो सामु अधुरो कथा बनी
विछोड नै हुनु, रैछ किन हाम्रो मेल भयो!!
फुटाइदियौं, ऐना सरी मन भित्रका आशाहरु
कसम, खाएको यो मायामा किन यस्तो झेल भयो!!!
हामी, दुईले हिड्ने यात्रा हिजो सम्म एउटै थियो
सधै, सफल हुन्थ्यो जीबन किन आज फेल भयो!!!!
न्आउ, तिमी कहिले पनि मेरो मनको बरीपरी
मेरो, जीबनमा आफै थुनीने जेल भयो!!!!!

No comments:

Post a Comment