Saturday, September 24, 2011

पर्खाइ

पर्खि बसे म तिमीलाई खुब आँखा लगायर
कतै खस्रक्कको आवाजमा तिमी आयौकी
तर सन्नाटा छाउछ तिमी आयकी हुन्नौ
तै पनि म पर्खाइ म बसिरहन्छु

तिम्रा ओठमा लाली चुम्ने मेरा ओठहरु
हत्तारियर रहर सगै अत्ताली रहेछन
लालायित भयर स्पर्शिन खोज्छन तर
तिमी आयकी हुन्नौ म पर्खाइमा बसिरहन्छु

त्यो अध्यारो मा पिल्पिल बत्ती बल्छ
शायद तिमी आयौकी म चिहाउछु
धेरै बेर सम्म नआउदा खल्लो लाग्छ
विरक्तियको मन र मुहार खिन्न हुन्छ
यसरी झुक्याएकोमा पश्चाताप गर्छु
मैले एकोहोरो माया गरेर हुने नै के रछर
म तेसै तेसै पर्खिरहन्छु एक्लै नै

अलमल्ल एक्लै कोठामा घोत्ली रहन्छु
तर तिमी आयकी हुन्नौ म पर्खि रहन्छु

No comments:

Post a Comment