Friday, October 14, 2011

तिम्रो जीवनको हर दिनरात मागिरहेछु।


तिम्रो जीवनको हर दिनरात मागिरहेछु।

सधैंभरीको लागि तिम्रो साथ मागिरहेछु।

अल्मलिन सक्छु यो दुनियाँको भिडँमा।

त्यसैले साहारा तिम्रो हात मागिरहेछु।


उजाँडीएको बगैँचामा हरियाली ल्याउन

भबिस्य को सुखद बर्षाद मागिरहेछु।

तिम्रो उपस्थितिको आभास जगाउन

मनको आँगनमा तिम्रो पदचाप मगिरहेछु।


आचानकै मेरो दिलमा हल्चल मचाउने

तिमिले छेडेको झनंकारको तार मागिरहेछु।

याचना सम्झ या कामना,अनुरोध को साथ

मेरो जीतसँग सम्बन्धित,तिम्रो हार मागिरहेछु।

No comments:

Post a Comment